दफा १३८
८ जरिबाना गर्न सक्ने
(१) यो ऐन वा यस ऐन अन्तर्गत जारी भएको नियम, विनियम वा निर्देशन बमोजिम तयार गर्नु पर्ने विवरण वा प्रतिवेदन वा कागजात तयार नगर्ने, दिनु पर्ने जानकारी नदिने वा पेश गर्नुपर्ने कागजात तथा विवरण तोकिएको समयभित्र पेश नगर्ने वा नियमन, निरीक्षण वा अनुगमन गर्दा प्राधिकरण वा सो कार्यका लागि प्राधिकरणबाट खटिएको कुनै अधिकारीले माग गरेको कांगजपत्र, विवरण, तथ्याङ्क वा अभिलेख तोकेको अवधिभित्र, उपलव्ध नगराउने बीमक, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई प्राधिकरणले यस ऐनमा उल्लिखित अन्य सजायको अतिरिक्त देहाय बमोजिम जरिबाना गर्न सक्नेछः-

(क) बीमकको हकमा म्याद नाघेको एक हप्तासम्म दैनिक पच्चीस हजार रूपैयाँ तथा बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक दुई हजार रूपैयाँ,

(ख) बीमकको हकमा म्याद नाघेको दुई हप्तासम्म दैनिक पचास हजार रूपैयाँ तथा बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक पाँच हजार रूपैयाँ,

(ग) खण्ड (ख) को अवधि नाघेपछि बीमकको हकमा जहिले सुकै भएपनि दैनिक एकलाख रूपैयाँ र बीमा मध्यस्थकर्ता तथा अन्य बीमा सेवा प्रदायकको हकमा दैनिक दश हजार रूपैयाँ।

(२) बीमकले तोकिएको समयमा क्षति मूल्याङ्कन

नगराएमा बीमकलाई प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ:- (क) म्याद नाघेको एक हप्तासम्मको लागि दैनिक पाँच

हजार रूपैयाँ,

(ख) म्याद नाघेको दुई हप्तासम्मको लागि दैनिक दश

हजार रूपैयाँ।

(ग) खण्ड (ख) को अवधि नाघेपछिं जहिले सुकै

भएपनि दैनिक पच्चीस हजार .सूपैयाँ,

(३) बीमकले तोकिएको अवधिभित्र दाबी बापतको दायित्व निर्धारण नगरेमा वा मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा, तोकिएको समयभित्र दायित्व फस्यौंट नगरेमा विषयको प्रकृति तथा गम्भीरता हेरी प्राधिकरणले दुई लाख रूपैयाँ देखि बीस लाख रूपैयाँसम्म जरिबाना-गर्न सक्नेछ।

(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशन वा आदेश. विपरीत बीमकले कुनै कार्य गरेमा वा प्राधिकरणले जारी गरेको निर्देशन वा आदेश पालना नगरेमा वा यस ऐन बमोजिमको रित नपुच्याई बीमा व्यवसाय गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ:-

(क) पहिलो पटकको लागि दुई लाख रुपैयाँ,

(ख) दोस्रो पटकको लागि पच्चीस लाख रूपैयाँ,

(ग) तेस्रो पटक वा सोभन्दा बढीको लागि पटकै पिच्छे

पचास लाख रूपैयाँ।

(५) बीमकले परिपालन सम्बन्धी प्रतिवेदन पेश नगरेमा प्राधिकरणले एक लाख रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ। (६) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम वा निर्देशिका विपरीत बीमा मध्यस्थकर्ताले कुनै कार्य गरेमा वा यस ऐन बमोजिमको रित नपुच्याई बीमा: सम्बन्धी कार्य गरेमा वा झुट्टा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ:-

(क) पहिलो पटकको लागि पाँच हजार रूपैयाँ,

(ख) दोस्रो पटकको लागि पच्चीस-हजार रूपैयाँ,

(ग) तेस्रो पटक वा सोभन्दा बढीको लागि पटकै

पिच्छे पचास हजार रूपैयाँ |

(७) बीमकले दफा ८७;बमोजिम लेखापरीक्षण गराउनु पर्ने म्यादभित्र लेखापरीक्षण _नगराएमा प्राधिकरणले त्यस्तो बीमकलाई देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ:-

(क) पहिलो एक हप्तासम्मको लागि पचास हजार

रूपैयाँ,

(ख) एक हप्तादेखि बढी एक महिनासम्मको लागि एक

लाख रूपैयाँ,

(ग) एक महिनादेखि बढी तीन महिनासम्मको लागि

पाँच लाख रुपैयाँ,

(घ) तीन: महिनादेखि बढी जतिसुकै अवधिसम्मको

लागि दश लाख रूपैयाँ।

(द) दफा १२८ को उपदफा (२) वा दफा १२९ को उपदफा (३) बमोजिम बीमक, सञ्चालक, पदाधिकारी, कर्मचारी वा बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायकलाई प्रतिउत्तर पेश गर्न भनिएकोमा प्रतिउत्तर म्यादभित्र पेश नगरेमा प्राधिकरणले देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ:- (क) बीमकलाई एक लाख रुपैयाँ,

(ख) बीमकको सञ्चालक, पदाधिकारी, कर्मचारी, बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा: प्रदायकलाई पाँच हजार रुपैयाँ।

(९) बीमा सर्भेयरले तोकिएको समयभन्दा ढिलो गरी क्षति मूल्याङ्कनको प्रतिवेदन बुझाएमा त्यसरी ढिला बुझाए बापत प्राधिकरणले त्यस्तो सर्भेयरलाई देहाय बमोजिमको जरिबाना गर्न सक्नेछ: -

(क) अवधि समाप्त भएको एक हप्तासम्मको लागि दुई

हजार रूपैयाँ,

(ख) अवधि समाप्त भएको दुई हस्तासम्मको लागि पाँच हजार रूपैयाँ,

(ग) अवधि समाप्त भएको एक महिनासम्मको लागि दश हजार रूपैयाँ,

(घ) अवधि/ समाप्त भएको एक महिनापछि जतिसुकै अवधिसम्म पच्चीस हजार रूपैयाँ ।

(१०) कसैको उजूरी परी अनुसन्धान वा जाँचबुझ गर्दा वा प्राधिकरणबाट भएको नियमन, निरीक्षण वा अनुगमनको क्रममा कुनै बीमा सर्भेयरले क्षतिको गलत मूल्याड्रन गरी प्रतिवेदन: पेश गरेको देखिएमा प्राधिकरणले पहिलो पटक भए सचेत/ गराउन वा पचास हजार रुपैयाँ जरीबाना गर्न वा दुवै सजाय गर्न र सोही कार्य पुन दोहोस्याएमा निजको इजाजतपत्र खारेज गरी एक लाख रुपैयाँ जरिबाना गरी बीमितलाई पुग्न गएको क्षति बराबरको रकम निजबाट असुल उपर गरी बीमितलाई भराई दिन सक्नेछ। (११) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले यस दफा बमोजिम जरिबाना हुने कार्य गरी कमाएको सम्पत्ति आफू, आफ्नो एकाघरको परिवार, नातेदार वा अन्य कुनै व्यक्तिको नाममा राखेको वा लुकाएको पाइएमा सो र सोबाट बढे बढाएको सम्पत्ति समेत जफत: गर्नको लागि सम्बन्धित निकायमा लेखी पठाइनेछ र सोही बमोजिम गर्नु उक्त निकायको कर्तव्य हुनेछ।

(१२) यस दफा बमोजिम प्राधिकरणले गरेको सजाय उपर चित्त नबुझ्ने पक्षले सजाय पाएको पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालत समक्ष पुनरावेदन गर्न सक्नेछ।